श्रममन्त्री कुँवरद्वारा अछाम-१ बाट उम्मेदवारी दर्ता



अछाम । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अछाम १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष समेत रहेका कुँवरले गठबन्धनको तर्फबाट मनोनयन दर्ता गराएका हुन्। 


गठबन्धनले उनलाई अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट साझा उम्मेदवार रूपमा अगाडि सारिएको थियो ।