शताब्दी पुरुष जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा



काठमाडौँ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज (मंगलबार) सार्वजनिक बिदा दिएको छ।सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले सोमबार विज्ञप्ती सार्वजनिक गर्दै जोशीको निधनको शोकमा बिदा दिने निर्णय गरेको हो ।


शताब्दी पुरुष जोशीको शोकमा राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था, विदेशस्थित कूटनीतिक नियोगमा सार्वजनिक बिदा दिने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

शताब्दी पुरुष जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको हो ।