विनोद चौधरीले पाए कांग्रेसबाट टिकट



काठमाडौँ । उद्योगपति विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं. १ बाट चुनाव लड्ने भएका छन् । उनलाई सत्ता गठबन्धनमा नेपाली कांग्रेसले  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)-१ बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो ।

२०६४ को संविधान सभा चुनावमा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी २०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए ।