रुसी रक्षामन्त्री सर्गेई शोइगु र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले टेलिफोन वार्ता भएको छ।
उनीहरू बीच शुक्रबार टेलिफोन वार्ता भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । वार्तमा खासगरी अन्तरराष्ट्रिय सुरक्षा, विशेषगरी युक्रेनको अवस्थाका बारेमा छलफल भएको छ।
सो अवसरमा दुवै पक्ष छलफललाई निरन्तरता दिन सहमत भएको बताइएको छ।