काठमाडौँ । रुपन्देही २ बाट एकीकृत समाजवादीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजु गुरुङको मुद्दा शुक्रबार संयुक्त इजलासमा सुनुवाइ हुँदैछ । गुरुङको मुद्दा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासको पहिलो नम्बरमा सुनुवाइ हुने भएको भएको छ ।
बैंकिङ कसुरमा कालो सूचीमा नाम रहेको भन्दै उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेपछि गुरुङ सर्वोच्च अदालत पुगेका हुन् ।
यसअघि सर्वोच्चले गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन आदेश दिएको थियो । उक्त आदेशपछि निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले उनको उम्मेदवारी स्थापित गरिसकेको छ ।
अब सर्वोच्चले पुनः अल्पकालीन आदेशलाई निरन्तरता दिए गुरुङ उम्मेदवार हुने पाउने छन् । उनी सत्ता गठबन्धनका तर्फबाट रुपन्देही–२ बाट साझा उम्मेदवार हुन् । रुपन्देही २ मा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् ।