राष्ट्रपति सीद्वारा २० औं राष्ट्रिय महाधिवेशनको तयारी बैठकको अध्यक्षता



राष्ट्रपति सी चिन फिङले बेइजिङको ग्रेट हल अफ द पिपुलमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ राष्ट्रिय महाधिवेशनको तयारी बैठकको अध्यक्षता गरेका छन् ।

्बीरसौँ चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय कङ्ग्रेसका लागि २ हजार ३ सय ७९ निर्वाचित र विशेष आमन्त्रित प्रतिनिधि गरी जम्मा २ हजार ३१० जना सहभागी भएका थिए। बैठकमा सहभागीहरूले प्रतिनिधि प्रमाण समितिका २२ सदस्य र कङ्ग्रेस अध्यक्ष मण्डलका २४३ सदस्यको नामावली अनुमोदन गरेका छन् ।


वाङ हुनिङले कङ्ग्रेसको महासचिवको रुपमा काम गर्ने सहमति भएको बताइएको छ । कङ्ग्रेसको सचिवालयको संरचना र कार्यहरू पनि यो सँगै स्वीकृत भएको छ । बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय महाधिवेशनको एजेण्डा तय गरिएको थियो।

प्रतिनिधिहरूले चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं केन्द्रीय समितिको प्रतिवेदन अध्ययन गर्ने र अनुशासन निरीक्षणका लागि १९ औं केन्द्रीय आयोगको कार्य प्रतिवेदनको मूल्याङ्कन गर्ने पार्टीको विधानमा विचारविमर्श गर्ने र आवश्यक संशोधन गर्ने अपेक्षा गरिएको छ । त्यसैगरी २० औं सीपीसी केन्द्रीय समिति र अनुशासन आयोगको चयन गर्ने अपेक्षा पनि गरिएको छ।