राष्ट्रपति भण्डारी अस्पताल भर्ना



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल भर्ना भएकी छन्। अस्वस्थ भएपछि उनी आज विहान ११ बजे महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना भएकी हुन्।

उपचार संलग्न डा. निरज बमका अनुसार राष्ट्रपति भण्डारीलाई डेंगुको लक्ष्ण देखिएको छ। ‘तीन चार दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, वान्ता आउने लक्ष्ण देखिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको हो,’ डा. बमले भने, ‘रगतलगायतका परीक्षण गरेका छौं। ल्याबाट रिपोर्ट आएपछिमात्रै के भएको थाहा हुन्छ।’