राप्रपाको प्रतिबद्धतापत्र : ‘राष्ट्रपति हटाएर राजसंस्था, प्रदेश संरचना खारेज र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री’ (पूर्णपाठ)



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।

आज (आइतवार) काठमाडौंको बानेश्वरस्थित बानेश्वर बैंक्वटमा आयोजित एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन्।


आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राप्रपाले तयार गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद लगायत विषय उल्लेख छ।

त्यस्तै, प्रदेश खारेजीको विषयलाई पनि राप्रपाले आफ्नो घोषणापत्रमा समावेश गरेको छ। शासकीय संरचनामा केन्द्र र बलियो स्थानीय तह आवश्यक रहेको राप्रपाले जनाएको छ।