मिलन पाण्डेद्वारा काठमाडौँ-९ बाट उम्मेदवारी



काठमाडाैँ । विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले काठमाडौँ क्षेत्र नम्बर ९ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी मनोनयन गराएका छन्। २०७४ सालमा पनि उनले यही क्षेत्रबाट करिब ५ हजार मत पाएका थिए।

३३ वर्षीय पाण्डे पेसाले सिभिल इन्जिनियर हुन्।