काठमाडौँ । मानवशास्त्री ओम गुरुङको सोमबार निधन भएको छ । गुरुङको ६८ वर्षको उमेरमा सोमबार दिउँसो ललितपुरको हिरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो । उनमा क्यान्सर देखिएपछि नयाँदिल्लीमा उपचार गरिएको थियो ।
आइतबार अफ्ठ्यारो भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गरेका गुरुङ १२ वर्षसम्म समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख भएका थिए । उनको जन्म २०११ माघ २९ मा बागलुङको ताराखोलामा भएको थियो ।
१९९६ मा गुरुङले अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गरेका थिए । गुरुङको श्रीमती, १ छोरा र २ छोरी छन् ।