माओवादी, नेकपा एस र राप्रपाको चुनावी घोषणापत्र आज सार्वजनिक हुने



काठमाडाैँ । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले धमाधम आफ्नो घोषणापत्र सार्वजनिक गर्न थालेका छन् । सोही क्रममा सोमबार ३ राजनीतिक दलहरूले आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछन् । 

आज नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी) र राप्रपाले चुनावका लागि तयार गरेको घोषणापत्र सोमबार सार्वजनिक गर्दैछन् ।


माओवादीले केन्द्रले केन्द्रीय कार्यालय पेरिस डाँडामा दिउँसो ३ बजे, एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालय मीनभवनमा दिउँसो १ बजे र राप्रपाले बिहान साढे ११ बजे बानेश्वर बैंक्वटमा घोषणापत्र सार्वजनिक गर्दैछन् ।

नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरेको थियो भने एमाले मंगलबार सार्वजनिक गर्ने भएको छ ।