मधेस प्रदेशमा आज सार्वजनिक बिदा



जनकपुरधाम । मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन सार्वजनिक बिदा दिएको छ ।

सङ्घ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन बिदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन पारन दिनसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको छ ।


मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको जनाएको छ।