मकवानपुर–१ मा एमालेले कमल थापालाई सघाउने



काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् । उनी नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लड्ने भएका हुन् ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार अध्यक्ष थापाले भोलि एमालेको समर्थनमा प्रतिनिधिसभाका लागि मकवानपुर–१ मा उम्मेदवारी दर्ता गर्नेछन् । यस अघि सो क्षेत्रमा एमालेले रामेश्वर रानालाई उम्मेदवार बनाउने गरी टिकट दिएको थियो ।