भारतको नयाँ प्रधानन्यायाधीश चन्द्रचुड बन्ने 



भारतको नयाँ प्रधानन्यायाधीश डि वाई चन्द्रचुड बन्नु हुने भएका छन् ।  वर्तमान प्रधानन्यायाधीश युयु ललितले मङ्गलबार भावी प्रधानन्यायाधीशको रुपमा चन्द्रचुडको नाम सिफारिस गरेका हुन् ।

उनी भारतको ५०औँ प्रधानन्यायाधीश बन्ने भएका छन् । उनको कार्यकाल आगामी नोभेम्बर ९ तारिखदेखि सुरु हुनेछ भने सन् २०२४ को नोभेम्बर १० तारिखमा सकिने छ ।  केन्द्रीय कानुन मन्त्रालयले गत हप्ता नै नयाँ प्रधानन्यायाधीश चयनका लागि प्रक्रिया अगाडि बढाएको थियो ।


मन्त्रालयको आग्रह अनुसार वर्तमान प्रधानन्यायाधीशले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर ।   वर्तमाेका हुन् । प्रधानन्यायाधीश ललितले भने तत्कालीन प्रधानन्यायाधीश एनभी रमणको कार्यकाल गत अगस्ट २६ मा सकिएपछि जिम्मेवारी पाएका थिए । उनको कार्यकाल ७४ दिनको मात्र छ ।