बारामा बस दुर्घटना : ८ जनाको मृत्यु, २५ घाइते



बारा । बारामा बिहीबार बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहान करिब ११ बजे भएको सो दुर्घटनामा ३६ जना घाइते भएका छन् ।

घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए । गम्भीर घाइतेलाई उपचारका लागि हेटौडा अस्पताल र सामान्य घाइतेहरुलाई सिमराको अल्पाइन अस्पतालमा पठाइएको जानकारी बोगटीले दिएका छन् । 


नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो । बस सडकबाट तल खोलामा खसेको हो ।