खाेटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीको फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलको स्ल्याप ढलान बिहीबार साँझ सकिएको छ ।
विसं २०७३ चैत २२ गते सम्पन्न गर्नेगरी विसं २०६९ चैत २३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाइपी जेभीसँग सम्झौता भएको फोक्सिङ्टार पुल निर्माणको कामले पछिल्लो समय गति लिएको हो ।
खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने फोक्सिङ्टारको पक्की पुल निर्माणमा ढिलासुस्ती हुँदा प्रत्यक्ष असर जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमासमेत पर्दै आएको छ । पुल निर्माणमा ढिलासुस्ती हुँदा सात वर्षदेखि फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज जडान गर्ने तथा झिक्नेक्रममा राज्यकोषको करोडौँ रकम खर्च भइसकेको छ ।
अस्थायीरूपमा जडान गरिने फोक्सिङटारको बेलिब्रिज हटाएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा गर्नुका साथै दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने जिल्लावासीको बाध्यता छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण पुल निर्माणमा ढिलासुस्ती हुँदा आवतजावत गर्नदेखि दैनिक उपभोग्य सामान ढुवानीमा समेत समस्या हुने गरेको छ ।
खोटाङ र भोजपुर जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग सडकखण्डअन्तर्गत जयरामघाटपछिको अर्को महत्वपूर्ण राजमार्गमा पर्ने फोक्सिङ्टारमा पक्की पुल नहुँदा हरेक वर्ष बर्सातका समयमा यातायात ठप्प हुने गरेको छ । पुल अभावमा हरेक वर्ष करिब छ महिना उक्त सडकखण्ड अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्यवस्तुको मूल्यवृद्धि हुने गरेको छ ।
फोक्सिङ्टार पुल निर्माणको जिम्मा लिएको ठेकेदारले पटकपटक आफैँले गरेको प्रतिबद्धता कुल्चँदै आएको छ । विसं २०७८ माघ २६ गते काठमाडौँमा भएको छलफलका क्रममा खोटाङकै दिप्रुङ चुइचुम्मा गाउँपालिकाका तत्कालीन प्रमुख हाल प्रदेशसभा सदस्यका उम्मेदवार भूपेन्द्र राई र सडक विभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ का प्रमुख इञ्जिनीयर कैलाश साहको अगाडि निर्माण कम्पनीका ठेकेदार रामकुमार थापाले पछिल्लो पटक थपिएको समयसीमाभित्र जसरी पनि पुलको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।
फोक्सिङ्टार पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको थियो । ठेक्का लागेको लामो समयसम्म पुल निर्माणको प्रगति ‘शून्य’ देखिएपछि अख्तियारले ढिलासुस्ती नगर्न र तोकिएको म्यादभित्र पुल निर्माणका सम्पूर्ण काम पूरा गर्नेगरी कामलाई अघि बढाउन विसं २०७४ माघ २ गते ठेकेदार कम्पनीलाई लिखितरूपमै पत्राचार गरेको थियो ।
फोक्सिङ्टारमा सुरुमा ‘ससपेन्सन ब्रिज’ निर्माणका लागि ठेक्का लागेको थियो तर, त्यसको सट्टा ‘आर्क’ डिजाइनको पक्की पुल निर्माण गर्ने भन्दै विसं २०७३ कात्तिकमा डिजाइन परिवर्तन गरिएको थियो । फोक्सिङ्टारको भौगोलिकस्वरूप अप्ठ्यारो भएका कारण ‘ससपेन्सन ब्रिज’ निर्माणको काममा ढिलाइ हुने भएको भन्दै डिजाइन परिवर्तन गरेर ‘आर्क’ डिजाइनको पुल निर्माण सुरु गरिएको हो ।

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ डिजाइनको पुल निर्माणको कामले पछिल्लो समय भने गति लिएको छ । रु २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्नेगरी निर्माण कम्पनीले ठेक्का लिएको फोक्सिङ्टार पुल एक सय २० मिटर लम्बाइको हुने डिजाइनमा उल्लेख छ ।
निर्माण सुरु गरेको १० वर्षपछि सम्पन्न हुने छाँट देखिएको फोक्सिङ्टार पुल अहिले जिल्लास्थित राजनीतिक दलका नेताहरूको जस लिने माध्यम बनेको छ । आगामी मङ्सिर–४ गते देशभर एकैसाथ हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेर मतदातालाई भ्रम फैलाउने होडबाजीमा नेताहरू लागेका छन् ।