प्रभु साह, विजय गच्छदारसहित ९ जना उम्मेदवार विरुद्ध परेको रिट खारेज



काठमाडौँ । सर्वोच्च अदालतले विजयकुमार गच्छादारदेखि रेशम चौधरीसहित ९ जनाको उम्मेदवारीविरुद्ध परेको रिट खारेज गरेको छ । आइतबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कारण देखाऊ आदेश समेत जारी नगरी रिट खारेज गरेको हो ।

अधिवक्ता अनिल आचार्यले भ्रष्टाचार, ज्यान मुद्दामा दोषी ठहर भएका र अन्य विवादित व्यक्तिहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन उम्मेदवारी दर्ता गराएकाले खारेज हुनुपर्ने जिकिर गर्दै रिट दायर गरेका थिए ।


रिटमा उनले गच्छदार, विक्रम पाण्डे, प्रभु साह, गोविन्दराज जोशी, सरिता गिरी, डिबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, टेकबहादुर गुरुङ, लक्ष्मी महतो र गगन भन्ने रेवतीराज पुरीको उम्मेदवारी खारेज गर्न माग गरेका थिए ।