प्रभु साहले सुरु गरे स्वतन्त्र उम्मेदवार जिताउन अभियान



काठमाडाैँ । नेकपा एमालेको टिकट अस्वीकार गरी प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियान सुरु गरेका छन् । साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणासँगै मधेश प्रदेशका ८ जिल्लामा चुनावी कमाण्डर तोकेका छन् ।

उनको अभियानअन्तर्गत पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहतमा त्रिभूवन साह अमर, सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा सरोज यादव, सप्तरीमा वसन्त मण्डल जिल्ला संयोजक रहेका छन् ।


उनले दलीय प्रणाली र दलका नेताहरुको अनैतिक क्रियाकलापबाट लोकतन्त्र नै संकुचित भएको टिप्पणी गरेका छन् ।उनले देश अस्थिरताको भुमरीमा फस्दै गएको भन्दै समयसापेक्ष सुधार गरी देशमा सुशासन, स्थिरता, विकास र समृद्धिका लागि आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुलाई जिताउनुपर्ने धारणा राखेका छन् ।