प्रतिनिधिसभा एवं प्रदेशसभाका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन (सूचीसहित)



काठमाडौँ । आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको अन्तिम उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ। निर्वाचन आयोगले दाबी विरोधपछि बुधबार अन्तिम नामावली प्रकाशन गरेको हो।

निर्वाचनका लागि दर्ता भएका उम्मेदवारमध्ये बुधबार प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ उम्मेदवारी फिर्ता लिएपछि कायम भएको प्रारम्भिक विवरणअनुसार प्रतिनिधिसभातर्फ जम्मा २ हजार ४१२ जनाले उम्मेदवारी दिएका छन् भने प्रदेशसभातर्फ जम्मा ३ हजार २२४ जनाले उम्मेदवारी दिएका छन् ।


प्रतिनिधिसभातर्फ २ हजार १८७ पुरुष र २२५ जना महिलाले उम्मेदवारी दिएका छन् भने प्रदेशसभातर्फ २ हजार ९४३ जना पुरुष र २८० जना महिलाले उम्मेदवारी दिएका छन् भने अन्यमा १ जना रहेको आयोगले उल्लेख गरेको छ ।