प्रचण्ड पत्नी सीता अस्पताल भर्ना



काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् ।

प्रचण्डको सचिवालयका अनुसार सीताको स्वास्थ्यमा समस्या आएपछि मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।


सीता दाहालको स्वास्थ्यमा जटिल समस्या भएपछि पार्टीको सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रममासमेत प्रचण्ड जान पाएनन् ।

सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पिडित छन् ।