पुल भत्किँदा मृत्यु हुनेको संख्या १३० पुग्यो



गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा मृत्यु हुनेको संख्या १३० पुगेको छ। १७७ जनाको उद्धार भएको छ। आइतबार छठको समयमा मानिसहरूको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो। ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो।

अहमदाबादबाट दुई सय किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजाको सन्दर्भमा केही अनुष्ठान गर्न जम्मा भएका करिब ५०० मानिसहरु भेला भएका बेला भत्किएको थियो।


करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मतसम्भारका लागि बन्द गरिएको थियो। यो अक्टोबर २६ मा पुनः खोलिएको थियो। क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ।

भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल कदम चाल्ने बताएका छन्। सरकारले मृतकका परिवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको ।