नेपाली राजनीति पातालतिर धसिदै जानु अति दुःखदः बाबुराम भट्टराई



काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिदै जानु अति दुःखद भएको बताएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत भट्टराईले उपेन्द्र यादवप्रति लक्षित एक थान चुनावी सिटका लागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको वलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु भएको बताएका हुन् ।


उनले भनेका छन्, ‘चुनाव नजिकिदै गर्दा नेपाली राजनीति पातालतिर धसिदै जानु अति दुःखद छ । एक थान चुनावी सिटकालागि घोषित सिद्धान्त,आदर्श सबै त्यागेर र जनताको वलिदानलाई लात हानेर दलबदल र कित्ता परिवर्तन गर्नु राजनीतिलाई फगत व्यापारमा झार्नु नै हो! यो अवसरवादको अँध्यारोमा निष्ठाको जुनकिरी बन्ने साहस गरौं !’