नेकपा माओवादी केन्द्रको प्रतिबद्धता पत्र : समृद्धिका लागि क्रमभंगता ! (पूर्णपाठ)



काठमाडौँ । नेकपा माओवादी केन्द्रले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो । 


सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरेको प्रतिनिधि र प्रदेश सभा चुनावको प्रतिवद्धतापत्रमा स्थिरता, शान्ति र समृद्धिका लागि शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने उल्लेख छ ।

विगतको अनुभव र जनचाहनाका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउनका लागि विद्यमान शासकीय स्वरूप र पद्धतिमा परिवर्तन गर्न आवश्यक भएकोले संविधान संशोधन गर्ने माओवादीले बताएको छ। उसले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्नेमा जोड दिएको छ।