निर्वाचनका लागि महिला सङ्घको परिचालन समिति गठन



काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला सङ्घले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेस र सत्तागठबन्धनका आधिकारिक उम्मेदवारलाई विजयी गराउन केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

सङ्घले कांग्रेसको केन्द्रीय परिचालन समितिको निर्णयाअनुसार आज एक सय ४८ सदस्यीय समिति गठन गरेको सङ्घका सभापति उषाकुमारी रावत (मिश्र)ले जानकारी दिए । समिति सदस्यहरूले आफ्नो जिल्ला तथा निर्वाचन क्षेत्रमा कार्य सुरु गर्न र निर्वाचन सम्पन्न भएपश्चात कार्यविवरण प्रतिवेदन सङ्घको केन्द्रीय कार्यसमितिमा बुझाउन निर्देशन गरिएको छ ।