नाइजेरियाको उत्तरी राज्य कातिस्नामा बाढीमा परेर चौबीसको मृत्यु



नाइजेरियाको उत्तरी राज्य कातिस्नामा आएको बाढीमा परेर कम्तीमा पनि २४ जनाको ज्यान गएको छ । साथै सो बाढीका कारण अरु कम्तीमा पनि १८ हजार जना विस्थापित भएका छन् । विस्थापितहरुलाई विद्यालयलगायतका विभिन्न अस्थायी शिविरहरुमा राखिएको यहाँको सरकारले जनाएको छ ।

यस वर्षको मनसुनी वर्षाका कारण उनीहरु विस्थापित भएका हुन् । नाइजेरियाको विपद् व्यवस्थापन केन्द्रले शुक्रबार दिएको जानकारीअनुसार यहाँको उक्त राज्यका १६ हजार छ सय २५ ओटा घरमा सो बाढीले क्षति पु¥याएको थियो ।


यस वर्षको मनसुनी वर्षाका कारण यहाँका कम्तीमा पनि ३४ जिल्लामा क्षति पु¥याएको सो केन्द्रले जनाएको छ । अहिले पनि मनसुनी वर्षा जारी नै रहेकाले सतर्कता अपनाउन यहाँका विपद् व्यवस्थापन अधिकारीहरुले सूचित गरेका छन् ।