नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटना, एक खेलाडीको मृत्यु



काठमाडाैँ । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक खेलाडीको मृत्यु भएको छ ।

प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेलको क्रममा आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा खेलाडीको मृत्यु भएको हो ।


उनी ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङबाट आकाशमा उडिरहेका थिए । उडेलगत्तै १०० मिटरमाथिबाट खसेकाे थियाे ।

दुर्घटनामा घाइते थापाको स्थानीय मेट्रोसिटी अस्पतालमा पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए ।