दुई पाङ्ग्रे सवारीसाधनमा सवार बालबालिका जोखिममा



काठमाडौँ । प्रहरीले दुई पाङ्ग्रे सवारीसाधनमा सवार बालबालिका अत्यन्त जोखिममा रहेको जनाएको छ ।

तीव्र गतिमा गुडेका दुई पाङ्ग्रे सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने गरेको र त्यसमा सवार बालबालिकाहरू दुर्घटनाको शिकार हुने क्रम बढ्दो रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 


त्यसैले ट्राफिक प्रहरीले सुरक्षित तवरले बालबालिका राखेर दुई पाङ्ग्रे सवारी साधन नचलाउन सर्वसाधारणमा अनुरोध गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता अवदेश विष्ट क्षेत्रीले सुरक्षित तवरले सवारी साधन चलाउन र ट्राफिक नियम पालना गर्न अनुरोध गरेका छन् । 

प्रहरीको दुर्घटना कम गर्ने अभियानमा सबैबाट सहयोगको अपेक्षा रहेको पनि प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ ।