दश वर्षमा तिब्बतको वार्षिक कूल ग्राहस्थ उत्पादन वृद्धि दर ९.५ प्रतिशत



सन् २०१२ देखि २०२१ सम्म दक्षिणपश्चिम चीनको स्वशासित क्षेत्र तिब्बतको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक औसत ९.५ प्रतिशतले वृद्धि भएको छ । यो राष्ट्रिय औसतभन्दा २.९ प्रतिशत बढी हो ।

क्षेत्रीय विकास तथा सुधार आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा सन् २०२१ मा यस क्षेत्रको कूल गार्हस्थ्य उत्पादन २०० अर्ब युआन (करिब २८.१७ अर्ब अमेरिकी डलर) भन्दा बढी पुगेको छ । सन् २०२१ मा प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ५६ हजार ८०० युआन नाघेको छ ।


यससँगै एक दशकको औसत वार्षिक वृद्धि दर ७.६ प्रतिशतले वृद्धि गरेको छ । यो राष्ट्रिय औसतभन्दा १.५ प्रतिशत बढी हो । तिब्बतको औद्योगिक संरचनालाई निरन्तर अनुकूलन गरिएको आयोगका उपनिर्देशक तियान गुआङग्वाले बताए ।