दक्षिण कोरियामा कोभिड–१९ संक्रमण सोमबारकाे तुलनामा केही कम



दक्षिण कोरियामा २४ घण्टाअघिको तुलनामा मङ्गलबार मध्यरातसम्म २९ हजार पाँच सय तीन कोभिड–१९ नयाँ सङ्क्रमित देखिएका छन् । हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ५१ लाख ९४ हजार एक सय ७७ पुगेको स्वास्थ्य अधिकारीले बुधबार जानकारी दिएका छन् ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए)का अनुसार अघिल्लो दिन ३३ हजार दुई सय ४८ को तुलनामा मङ्गलबार केही कमी अर्थात २९ हजार पाँच सय तीन सङ्क्रमित भएका छन् । गत हप्ताको पुष्टि भएका केसको दैनिक औसत सङ्ख्या २४ हजार ८६ थियो । नयाँ केसमध्ये, ७२ विदेशबाट आयात भएका छन् ।


गम्भिर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा चारले घटेर दुई सय ४३ पुगेको छ ।यस प्रकोपको कारण थप ४३ जनाको मृत्युको पुष्टि भएपछि कुल मृतकको सङ्ख्या २८ हजार आठ सय ९९ पुगेको जनाइएको छ । कुल मृत्यु दर ०.११ प्रतिशत रहेको बताइएको छ ।