थप ४४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

देशभर पछिल्लो २४ घण्टामा गरिएको ५ सय ७९ पिसिआर परीक्षणका क्रममा ३५ जना र १ हजार ६ सय ४३ पिसिआर परीक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु भएको छैन भने थप २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

हाल नेपालमा ५ सय ७५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।