थप १६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ । नेपालमा मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा देशभर गरिएको ४४८ पिसिआर परीक्षणका क्रममा १४ जना र ४ सय ४० एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


यस्तै पछिल्लो २४ घण्टामा थप ४४ जना काराेना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु भएको छैन ।

हाल नेपालमा ६ सय ६२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।