थप ११ जनामा कोरोना संक्रमण पुष्टि 



काठमाडौँ । नेपाल पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ सय ३७ जनामा परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।


पछिल्लो २४ घण्टामा ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने मृत्यु संख्या शून्य रहेको छ ।

हाल देशभर ६२८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।