तेस्रो पथरीशनिश्चरे प्रिमियर लिगको उपाधि सात बाघलाई



पथरी । तेस्रो पथरीशनिश्चरे प्रिमियर लिगको उपाधि साबिक विजेता सात बाघले चुमेको छ ।

प्रतियोगिता मोरङको पथरीशनिश्चरे नगरपालिकामा असोज २३ गतेदेखि सञ्चालन भएको थियो । आज भएको फाइनल खेलमा रोयल किङलाई हराउँदै सात बाघले उपाधि चुमेको हो ।


उपाधिसँगै सात बाघले रु एक लाख ११ हजार एक सय ११ र उपविजेता रोयल किङले रु ५५ हजार पाँच सय ५५ प्राप्त गरेका छन् । विजेता तथा उपविजेता टोलीलाई पथरीशनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्बापो र पथरी इलाका प्रमुख नायब उपरीक्षक वेदप्रसाद गौतमले पुरस्कृत गरेका थिए ।

नगरभरिका क्रिकेट खेलाडीको खेल प्रतिभा पहिचान गर्ने उद्देश्यका साथ प्रतियोगिता सुरु भएको थियोे । प्रतियोगितामा पथरीशनिश्चरे नगरभित्रका आठवटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो । असोज २३ देखि कात्तिक ६ गतेसम्म सञ्चालन भएको लिगमा लिग र राउन्ड रोबिनका आधारमा चार टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए ।