![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
डुम्रे । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले दुवै क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ । शनिबार राति मात्रै कांग्रेसले उम्मेदवार टुङ्गो लगाएको हो ।
कांग्रेसले तनहुँ क्षेत्र नं १ मा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै क्षेत्र नं २ मा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ«कर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । क्षेत्र नं २ का कारण उम्मेदवार चयनमा ढिलाइ भएको कांग्रेस तनहुँले जनाएको छ ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/RATO-MATO.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/manakamana.jpg)
कांग्रेसले दुवै निर्वाचन क्षेत्रमा पुरानै अनुहार दोहो¥याएको छ । कांग्रेसले प्रदीप पौडेललाई काठमाडौँ क्षेत्र नं ५ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । विसं २०७४ को निर्वाचनमा पौडेल र भण्डारी पराजित भएका थिए ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)