टी–२० विश्व कप : भारतद्वारा नेदरल्यान्ड्स पराजित



काठमाडौँ । आईसीसी टी–२० विश्व कपमा भारतले नेदरल्यान्ड्सलाई हराएको छ । सिड्नी क्रिकेट मैदानमा भएको खेलमा भारतले नेदरल्यान्ड्सलाई ५६ रनले हरायो ।

भारतले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रनमात्र बनाउन सक्यो ।


उसका टिम प्रिङ्गलले २० र कोलिन एकरम्यानले १७ रन बनाए । बलिङतर्फ भारतका भुवनेश्वर कुमार, अर्शदीप सिंह, अक्षर पटेल र रविचन्द्रन अश्विनले दुई/दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर एक सय ७९ रन बनायो । उसका विराट कोहलीले ६३, रोहित शर्माले ५३ र सूर्यकुमार यादवले ५१ रन बनाए ।

बलिङतर्फ नेदरल्यान्ड्सका फ्रेड क्लासेन र भान मीकिरेनले एक÷एक विकेट लिए । यो जितसँगै भारत चार अङ्कसहित समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । नेदरल्यान्ड्सले भने अङ्क जोड्न सकेको छैन ।