काठमाडाैँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी ओरालोबाट एक हजार दरको ११ थान नक्कली नोटसहित गोकर्णेश्वर नगरपालिका–८ बैँसीगाउँ बस्ने ३१ वर्षीया दुर्गा महर्जनलगायत पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा नक्कली (जालीनोट) कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूका साथबाट उक्त नक्कली नोट बरामद गरी पक्राउ गरेको हो ।
साथै उनीहरुका साथबाट एक हजार दरको ३६ थान र पाँच सय दरको ९७ थान गरी रु ८४ हजार पाँच सयसमेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।