जसपाका मन्त्री हटाउने प्रधामन्त्रीको तयारी



काठमाडौँ । सत्ता गठबन्धन दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको छ । आजको बैठकमा गठबन्धनमा आवद्ध दलबाट परेको बागी उम्मेदवारीको सम्बन्धमा छलफल हुने बताइएको छ ।

त्यस्तै गठबन्धनबाट बाहिरिएर एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) बारे पनि छलफल हुने बताइएको छ । सत्तामा बसेर विपक्षी दलसँग चुनावी तालमेल गरेपछि जसपाबाट सरकारमा रहेका मन्त्रीहरुबारे गठबन्धनले आज ठोस निर्णय लिने बताइएको छ ।