चन्द्रागिरिमा पहिरोले ध्यानकेन्द्र पुरिदा एकै परिवारका तीन जनाको मृत्यु



काठमाडौँ । चन्द्रागिरी नगरपालिका २ देउराली नजिकै गएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रे धुलिखेल- १२ का स्थानीयवासी ५१ वर्षीय राजु श्रेष्ठ‚ उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र छोरी डेढ वर्षीया सारथी श्रेष्ठ रहेको चन्द्रागिरी- २ वडाध्यक्ष भाइकृष्ण तामाङले बताए । 


चन्द्रागिरी -२ देउराली नजिकै मसिनी जाने बाटोमा अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले आई रेकी ध्यान केन्द्रमा सुतिरहेको अवस्थामा उनीहरूको मृत्यु भएको वडाध्यक्ष तामाङले बताए । उनीहरू केही समयदेखि बिरामी भएकाले उक्त ध्यान केन्द्रमा उपचारका लागि बस्दै आएको उनले जानकारी दिए ।