गृहमन्त्री खाँणद्वारा रुपन्देही-३ बाट उम्मेदवारी दर्ता



भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् ।

अघिल्लो २०७४ को निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका गृहमन्त्री खाँण यसपटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । सत्तारुढ गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत सामाजवादी, लोसपा, जनमोर्चा छन् । रुपन्देहीको क्षेत्र नम्बर ३ (१) बाट लोसपाका सन्तोषकुमार पाण्डेय र (२) बाट काग्रेसका रामचन्द्र ढकालले पनि उम्मेदवारी दर्ता गरेका छन् ।