गुराँस पुस्तकालयद्वारा विभिन्न व्यक्तित्वलाई सम्मान



विराटनगर । विराटनगरस्थित गुराँस पुस्तकालयको ५२औँ स्थापना दिवसका अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने चार व्यक्तित्व सम्मानित भएका छन् ।

शनिबार आयोजित कार्यक्रममा मुक्तिनाथ–यदुनाथ चापागाईँ स्मृति सम्मानबाट ओझेलमा परेका राजनीतिक व्यक्ति उद्धव सापकोटालाई रु २१ हजार राशिसहित सम्मानपत्र प्रदान गरिएको थियो ।


त्यसैगरी समाजसेवातर्फ विराटनगरको मानव सेवा आश्रमलार्ई रु १५ हजार नगद र सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै रु पाँच हजार राशिको युवा प्रतिभातर्फको सम्मान हाँस्यकलाकार पारस थापालाई र डा कैलाश श्रेष्ठले स्थापना गरेको छात्रवृत्ति गोग्राहा माविमा अध्ययनरत दुई विद्यार्थीलाई प्रदान गरिएको छ । कक्षा ८ को परीक्षामा ३.५ जिपीएभन्दा बढी अङ्क ल्याउने जेहेन्दार विद्यार्थीलाई प्रशंसापत्र र नगद प्रदान गरिएको थियो ।

सो अवसरका विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, आयोजक संस्थाका अध्यक्ष सुनिल पाण्डे, नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईँले संयुक्तरूपमा सम्मानित व्यक्तिहरूलाई दोसल्ला ओढाएर नगद प्रदान गरेका थिए ।