गगन थापाद्वारा काठमाडौँ-४ बाट उम्मेदवारी दर्ता



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।

यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि थापा निर्वाचित भएका थिए । एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै थापाले जित हासिल गरेका थिए । यो पटकपनि थापासँग भट्टराई नै चुनावी मैदानमा भिड्नेछन् ।