गंगा चौधरीको चुनाव चिह्न ‘लौरो’



काठमाडौँ । दाङ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएकी गंगा चौधरीले चुनाव चिह्न ‘लौरो’ पाएकी छन् । पार्टीले एमालेकी शान्ता चौधरीलाई टिकट दिएपछि असन्तुष्ट बनेकी उनले दाङ- १ बाट स्वतन्त्र उम्मेदवारी दिएकी हुन् ।

एमालेले सो क्षेत्रबाट शान्ता चौधरीलाई टिकट दिएको छ । सत्ता गठवन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरी उम्मेदवार छन् । एमाले केन्द्रीय सदस्य समेत रहेकी चौधरीले पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएपछि पार्टीले उनको पद खारेज गरेको छ ।