कोषले गौशाला धर्मशालालाई भन्यो : मापदण्ड विपरीतका संरचना ३५ दिनभित्र हटाउनू



काठमाडाैँ । पशुपति क्षेत्र विकास कोषले काठमाडौंस्थित गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।

कोषले शुक्रबार सार्वजनिक सूचना जारी गरी सम्झौता विपरीत संरचना बनेका संरचना ३५ दिनभित्र निर्देशन दिएको हो ।


३५ दिनभित्र मापदण्ड विपरीतका संरचना नहटाए नियमअनुसार कारबाही गरिने पनि काेषले जनाएकाे छ ।

धर्मशाला मारवाडी सेवा समिति नेपालले सञ्चालन गर्दै आएको छ ।