कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमालामा आज साँझ भएको आगलागीबाट छ वटा पसलको धनमाल जलेर नष्ट भएको छ ।
चौमालाको हिमाल मोबाइल ग्यालरी पसलमा साँझको समयमा अचानक विद्युत्को लाइन सर्ट भई लागेको आगो नजिकै रहेको थप एक मोबाइल पसल, दुई वटा किराना पसल, एक हार्डवेयर पसल र एक होटेलमा सल्केपछि पसल तथा होटेलमा रहेको सामान जलेर क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले बताए ।
आगलागीको घटना लगत्तै घटनास्थल पुगेको सशस्त्र प्रहरीको वनवेहँडास्थित सशस्त्र प्रहरीको रिजर्ब गण, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा घोडाघोडी नगरपालिका र गोदावरी नगरपालिकाको दमकलको सहायतामा झण्डै एक घण्टापछि साँझ ८ः३० बजे आगो निभाइएको छ । आगलागीबाट भएको क्षतिको यकीन विवरण आउन बाँकी रहेको छ ।