भारतको उत्तराखण्डस्थित केदारनाथधाम नजिकै हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । केदारनाथबाट दुई किलोमिटर टाढा गरुडछट्टीमा भएको हेलिकप्टर दुर्घटनामा एक चालकसहित ७ जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन्
खराब मौसमका कारण भएको भनिएको उक्त दुर्घटना भएको हेलिकोप्टर दिल्लीको आर्यन कम्पनीको भएको जनाइएको छ ।
दुर्घटनाको पुष्टि गर्दै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनामा परेकाको उद्धार र दुर्घटनाबारे छानबिनका लागि निर्देशन दिएका छन् । त्यस्तै भारतीय गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।