कांग्रेसको घोषणा पत्र सार्वजनिक कार्यक्रम पुनः स्थगित



 काठमाडाैँ । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक कार्यक्रम पुनः स्थगित गरेको छ ।

आज बिहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको थियो ।


पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर अर्को सूचना नहुञ्जेलसम्मका लागि  संकल्प पत्र सार्वजनिक कार्यक्रम स्थगन गरिएको बताए ।