ओलीले सर्वसाधारणसँग कार्तिक ४ गते प्रत्यक्ष टेलिफोन संवाद गर्ने



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग कार्तिक ४ गते प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पूर्व सन्ध्यामा अध्यक्ष्ँ ओलीले सर्वसाधारणको सुझाव सुन्नका लागि प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका हुन् । कुराकानी गर्न चाहने व्यक्तिले आफ्नो नम्बर र नाम ओलीको फेसबुक पेजको इनबक्समा पठाउनुपर्ने छ ।


सर्वसाधारण नागरिकले नम्बर पठाएपछि ओलीले आफै फोन गरेर कुराकानी गर्ने जानकारी फेसबुक मार्फत दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्– ‘कात्तिक ४ गते, म तपाईँको सम्पर्कमा हुनेछु । आउनुस् कुरा गरौँ ।’