ओलीले कमल थापालाई टिकट दिएपछि एमाले कार्यकर्ता आक्रोशित, पार्टी कार्यालयमा तालाबन्दी



मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई समर्थन गरेको भन्दै नेकपा एमालेका रुष्ट कार्यकर्ताले जिल्लास्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । थापालाई समर्थन गरेको विरोधमा पार्टीको जिल्लास्थित नेतृत्व मौन बसेको भन्दै रुष्ट भएका कार्यकर्ताले हेटौंडा-५ स्थित सानोपोखरामा रहेको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

मकवानपुरको २ वटा प्रतिनिधिसभा क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा एमालेको तर्फबाट केन्द्रयी सदस्य एवं जिल्ला ईन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष थापालाई एमालेको तर्फबाट टिकट दिने निर्णय गरेका थिए ।


पार्टी अध्यक्ष ओलीले आफूखुसी निर्णय गरेको भन्दै एमाले हेटौडाका कार्यकर्ता असन्तुष्टि बनेका छन् । उनीहरुले पार्टी कार्यकर्तामाथि अन्याय भएको आरोप नेतृत्वमाथि लगाएका छन् । उनीहरुले कमल थापालाई मत दिन नसकिने भन्दै ओलीकाे निर्णय सच्चाउन माग गरेका छन् ।