काठमाडाैँ । आज एकैदिन देशभरबाट ८८ हजार छ सय ६६ ले कोभिड विरुद्धको खोप लगाएका छन् । देशभर पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार दुई सय २२ जनाको नमूना परीक्षण गरिएको थियो ।
पाँच सय ७९ जनाले पिसीआर र एक हजार छ सय ४३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज २९ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ८७ हजार तीन सय ५३ पुगेको छ ।
सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ७५ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १८ पुगेको छ । हालसम्म ७६ जिल्लामा डेङ्गु फैलिसकेको मन्त्रालयले जनाएको छ ।
साउनदेखि यता ३३ हजार नौ सय ७५ सम्भावित डेङ्गु रोगी भेटिएको र यो रोगका कारण हालसम्म ४४ को मृत्यु भइसकेको छ ।