इराकको राष्ट्रपति निर्वाचित भएकामा अब्दुल लातिफ रसिदलाई चिनियाँ राष्ट्रपति सि चिनफिङले बधाई दिएका छन् ।
शनिबार भएको निर्वाचनमा इराकको राष्ट्रपतिमा रसिद निर्वाचित भएका छन् । यस अवसरमा चिनियाँ राष्ट्रपति चिनफिङले बधाई सन्देश दिएका हुन् ।
राष्ट्रपति चिनफिङले चीन र इराकका बीचमा विगत लामो समयदेखि आपसी सम्बन्धका साथै पारस्परिक सम्बन्धको विकास हुदै आएको र आगामी दिनमा पनि दुई देशका बीचको सम्बन्धलाई थप अगाडि बढाइने बताए । राष्ट्रपति सीले चीन इराकका नव नियुक्त राष्ट्रपतिसँग मिलेर काम गर्न चीन तयार रहेको बताए ।